जमुनाह नाकामा थप ३७ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • २६ पुष २०७८, सोमबार

नेपालगन्जः नेपालगन्जको जमुनाह नाकामा आज थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतबाट फर्किएका ६ सय ६० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना महिलासहित ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । ती संक्रमितहरुलाई एम्वुलेन्समार्फत नेपालगन्जको बालमन्दिर आइसोलेसनमा ल्याइएको छ ।

उनीहरुलाई सम्वन्धित पालिकामा पठाउने तयारी भइरहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech