आज कोरोना संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै नेपालगन्जका

    • स्वास्थ्य पेज

  • २६ पुष २०७८, सोमबार

तस्बिर:फाइल

नेपालगन्जः बाँकेमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ९२ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ३५ नमुना जाँच्दा ९, मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा १ र बागेश्वरी ल्याबमा ३४ नमुना परीक्षण गर्दा ५ जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि भएकामध्ये ११ जना बाँकेका छन् ।

सबैभन्दा बढी नेपालगन्जका ९ जना र खजुराका २ जना रहेका छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ३१ पुगेको छ ।

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech