कोरोना संक्रमणको दर तीब्रः प्रतिघण्टा २८ जनामा संक्रमण

    • स्वास्थ्य पेज

  • २५ पुष २०७८, आईतवार

नेपालगन्जः नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर ह्वातै बढेको छ। पछिल्लो एक हप्तामा नेपालमा करिब पाँच हजार संक्रमित थपिएका छन्।

यसरी हिसाब गर्ने हो भने नेपालमा प्रतिघन्टा कम्तिमा २८ जनामा कोरोना संक्रमण देखिँदै आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक हप्ताको तथ्यांक हेर्ने हो भने नेपालमा ४ हजार ७७३ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार गत सोमबार ३२६, मंगलबार ३९३, बुधबार ४३५, बिहीबार ५४०, शुक्रबार ९६८, शनिबार ९४४ र आज ११६७ जनामा कोरोद्दा संक्रमण देखिएको छ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech