नोबेल मेडिकल कलेज फेरि तनावग्रस्त

    • स्वास्थ्य पेज

  • २५ पुष २०७८, आईतवार

विराटनगर: नोबेल मेडिकल कलेज फेरि तनावग्रस्त भएको छ।

अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरु भएपछि आइतबार नोबेल मेडिकल कलेज विराटनगरमा तनाव सिर्जना भएको हो।

अहिले नोबेलमा विद्यार्थीले तोडफोड गरेका छन् भने केही विद्यार्थीहरू घाइतेसमेत भएका छन्।

विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति विपरीत नोबेलले कक्षा चलाएपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेलमा तोडफोड गरेका हुन्।

नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो तर आइतबार थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको हो।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech