बाँकेमा कोरोना संक्रमितको संख्या हवात्तै बढ्यो, बालबालिकापनि संक्रमणको चपेटामा

    • स्वास्थ्य पेज

  • २५ पुष २०७८, आईतवार

नेपालगन्जः बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जिल्लाका तीनवटा प्रयोगशालामा एक सय १ सय ३३ जनाको नमुना परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ४६ नमुना परीक्षण गर्दा २४ जना, मेडिकल कलजे कोहलपुरमा ६३ र बागेश्वरी ल्यावमा २४ नमुना परीक्षण गर्दा एकएक जनागरी २६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका आठ जना छन् । तीन र सात वर्षीया बालबालिका पनि संक्रमणको चपेटामा परेका छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार पाँच सय १६ पुगेको छ ।

यस्तै तीन जना डिस्चार्ज भएका छन् । नेपालगन्जका चार, खजुरा र राप्तीसोनारीका दुईदुई जना छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ५६ पुगेको छ ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech