नेपालगन्ज मेडिकल कलेजले खजुरामा गरेको शिविरमा ८९६ जनाले सेवा लिए, २३५ जना रिफर

    • स्वास्थ्य पेज

  • २४ पुष २०७८, शनिबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बाँकेको खजुरामा आयोजना गरेको वृह्त निःशूल्क स्वास्थ्य शिविरमा करिव नौं सय सर्वसाधरणले सेवा लिएका छन् ।

ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा आयोजना गरिएको एक दिने निःशूल्क स्वास्थ्य शिविरमा आठ सय ९६ जना सर्वसाधरणले सेवा लिएको मेडिकल कलेजका सह–निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिनुभयो । शिविरमा आएकामध्ये आँखा, नाक, कान, घाँटीमा समस्या भएका विरामी धेरै देखिएको पाइएको छ ।

उहाँका अनुसार ती मध्ये दुई सय ३५ जनालाई रिफर गरिएको छ । उनीहरुलाई थप चेकजाँच गरेर उपचार गर्नुपर्ने भएकाले रिफर गरिएको हो ।

‘सामाजिक उतरदायित्व अन्तर्गत आयोजना गरिएको स्वास्थ्य शिविर निकै उत्साहपूर्ण र सफल रहयो डा कनोडियाले उत्साहीत हुँदै भन्नुभयो -‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले शिविरमा आएका सबैको स्वास्थ्य चेकजाँचसँगै निःशूल्क औषधि वितरण गर्नुभयो ।’

विभिन्न आठ वटा विभागका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए । मेडिसिनतर्फ एक सय १९ जनाले सेवा लिए । तिमध्ये ३६ जनालाई रिफर गरिएको छ । ३६ जनाले सर्जरी सेवा लिएकोमा १५ जनालाई रिफर गरिएको छ । ५६ जनाले स्त्रीरोग विशेषज्ञ सेवा लिएकोमा एक जनालाई रिफर गरियो ।

२० जनाले बालरोग विशेषज्ञ सेवा लिए । तिमध्ये चार जनालाई रिफर गरिएको छ । दुई सय ६४ जनाको आँखाको उपचार गरिएकोमा ५७ जनालाई रिफर गरिएको छ । यस्तै एक सय ५९ जनाले नाक, कान र घाँटीको उपचार सेवा लिएकामध्ये ६७ जनालाई रिफर गरिएको छ ।

यस्तै एक सय ६३ जनाले अर्थोपेडिक विशेषज्ञ सेवा लिएका थिए । तीमध्ये ४२ जनालाई रिफर गरिएको छ । ७९ जनाले छालासँग सम्वन्धि समस्या देखाएका थिए । तीमध्ये १३ जनालाई थप चेकजाँच र उपचार गर्नु पर्ने भएकाले रिफर गरिएको छ ।

खजुरा गाउँपालिका, भैरव प्रसाद गण ईमामनगर ब्यारेक राँझा र लाइन्स एण्ड लियो क्लव खजुराको सहकार्यमा शिविर गरिएको हो । उनीहरुलाई निःशूल्क औषधि वितरणसँगै परामर्श समेत दिइएको सह–निर्देशक डा कनोडियाले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरबाट रिफर भई अस्पतालमा चेकजाँच वा उपचारका लागि आउने बिरामीलाई निःशूल्क भर्ना, जनरल वेड चार्ज निःशूल्क, शल्यक्रिया शूल्कमा २५ प्रतिशत छुट, दुरवीन प्रबिधिबाट शल्यक्रिया गर्नु परे २० प्रतिशत छुट, ल्याव जाँच, तथा अन्य जाँचमा २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।

त्यस्तै अस्पतालमा रिफर भई आएका बिरामीलाई उपचारमा लाग्ने औषधिमा १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको उहाँको भनाइ छ ।

 

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech