प्रधानमन्त्री देउवा आइसोलेसनमाः एकसाता भेटघाट नगर्ने

    • स्वास्थ्य पेज

  • २४ पुष २०७८, शनिबार

नेपालगन्जः माओवादी अध्यक्ष प्रचण्डलाई कोरोनाभाइरस संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि एकसाता आइसोलेसनमा बस्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले दिएको जानकारीअनुसार देउवाले अत्यावश्यकबाहेकका भेटघाट एकसातालाई बन्द गर्नुभएको छ ।

प्रधानमन्त्रीको पीसीआर परीक्षण आइतबार हुने भएको छ । दुई दिनअघि बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रचण्डसहित देउवा सहभागी हुनुभएके थियो।

आइसोलेशनमा बस्नु अघि शनिबार बिहान मात्र प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग करिब एक घण्टा वार्ता गर्नुभएको थियो ।

प्रचण्डसँग उक्त बैठकमा सहभागी सत्तारुढ दलका १० भन्दा बढी नेतालाई स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङमा राखेको छ । प्रचण्ड र नारायणकाजीसहित माओवादीका १० जनाभन्दा बढी नेता संक्रमित हुनुभएको छ ।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech