नेपालगन्जका प्रयोगशालाकर्मीलाई एडभान्स प्रविधि सिकाउँदै अगाप्पे डायग्नोस्टिक

    • स्वास्थ्य पेज

  • २४ पुष २०७८, शनिबार

नेपालगन्जः अगाप्पे डायग्नोस्टिक कम्पनी आफ्ना प्रयोगशाला प्रविधिबारे जानकारी गराउन देश दौडाहमा निस्किएको छ ।

प्रयोगशालाकर्मीलाई एडभान्स प्रविधिबारे जानकारी दिने उद्देश्यले देश दौडाह सुरु गरिएको कम्पनीका कन्ट्री म्यानेजर सुमन थापाले जानकारी दिनुभयो ।

कम्पनीले नेपालगन्जबाट आफ्ना एडभान्स उपकरणसहितको डेमो प्रदर्शनी प्रारम्भ गर्दै यो देश व्यापी पुग्ने थापाको भनाइ छ ।

कम्पनीले Semi auto biochemistry analyser, Coulter counter, Fully automated biochemistry analyser,  Mispa i2,  mispa i3, र Protein analyser बारे प्रयोगशालाकर्मीहरुलाई जानकारी गराएको हो ।

नेपालगन्जपछि टीकापुर, धनगढी,महेन्द्रनगर, दांग, बुटवल, पोखरा हुँदै काठमाडौंमा पनि प्रर्दशनी गरिने छ । कम्पनीले विभिन्न ६ वटा मेसिन प्रदर्शन गरेको छ ।

ती मेसिनको प्रयोग, उपयोगिता र गुणस्तरीताबारे बाँकेका प्रयोगशालाकर्मीहरुलाई जानकारी दिने काम भएको स्थानीयस्तरमा कार्यक्रमको समन्वय गरेको हाम्रो सजिर्कल हाउसका प्रमुख दीपक ढकालले जानकारी दिनुभयो । बाँकेमा करिव ७० वटा प्रयोगशाला छन् ।

उक्त प्रर्दशनीले प्रयोगशालाकर्मीलाई नयाँ प्रविधि सिक्ने मौका मिल्ने प्रयोगशालाकर्मी समेत रहनुभएका नेपालगन्ज १२ का वडाअध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिनुभयो।

उहाँले कम्पनीले ल्याएका एडभान्स प्रविधिले सहि र तथ्यगत रिपोर्टहरु दिनु पर्नेमा जोड दिँदै ति प्रविधिलाई भरपर्दो बनाउन सुझाव दिनुभयो ।

उहाँले ल्यावप्रतिको विश्वसनीयतामा चिकित्सकहरुले समेत प्रश्न उठाउने गरेकाले त्यस्ता भ्रम चिर्न नयाँ प्रजिधिको प्रयोगमा प्रयोगशालाकर्मीहरु अभ्यस्त हुँदै दक्ष बन्नु पर्नेमा जोड दिनुभयो ।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech