एकैदिन ९ सय ४४ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २४ पुष २०७८, शनिबार

नेपालगन्जः नेपालमा कोरोना संक्रमितको संख्यामा दिनदिनै वृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार २ सय ६४ जनाको परीक्षण गर्दा ९ सय ४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही समयमा २ सय ९७ जना निको भएका छन् । देशभर ६ हजार १ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका २ लाख ४३ हजार ४ सय ६० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट नेपालका २७ जना संक्रमित भइसकेका छन् ।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech