जमुनाह नाकामा आजसम्मकै धेरै कोरोना संक्रमित फेला

    • स्वास्थ्य पेज

  • २४ पुष २०७८, शनिबार

नेपालगन्जः नेपालगन्जको जमुनाहा नाकामा आज मात्र भारतबाट आएका सबैभन्दा धेरै ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार भारतका विभिन्न राज्यबाट आएका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एन्टिजिन विधिबाट सात सय ६६ जनामा कोरोना परीक्षण गराउँदा ४६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये १४ जना महिला र ३२ जना पुरुष रहेका छन् ।

सोमबार यता भारतबाट आएका एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैलाई बालमन्दिरको आइसोलेसन सेन्टरमा राखिएको छ । ओमिक्रोन प्रभावित भारतका विभिन्न राज्यबाट स्वदेश फर्किरहेका नेपालीहरुमा भाइरस संक्रमण बढी देखिएको छ ।

उनीहरुमा सामान्य रुघाखोकीको लक्षण देखिएको छ । आइसोलेसनमा राखिएका उनीहरुलाई आ आफ्नो जिल्लामा पठाउनेगरी समन्वयको काम भइरहेको पनि ओलीले बताउनुभयो ।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech