प्रचण्डलाई कोरोना, बधाई दिन गएका दर्जन बढी नेताहरु पनि संक्रमित

    • स्वास्थ्य पेज

  • २४ पुष २०७८, शनिबार

नेपालगन्जः नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट फर्किएका प्रायः सबै नेता कार्यकर्तामा कोरानाको लक्षण देखिएको छ ।

महाधिवेशनबाट फर्किएकाहरु धमाधम अस्वस्थ हुन थालेपछि पार्टीको केन्द्रीय समिति बैठकलगायत सबै गतिविधि बन्द भएका छन् ।

माओवादी केन्द्रीय कार्यालय सिल गरिएको भोलिपल्टै अध्यक्ष प्रचण्डमा लक्षण देखिएको थियो । प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठमा संक्रमण पुष्टि भइसकेको छ ।

माओवादी अध्यक्षमा पुनः निर्वाचित भएका प्रचण्डलाई बधाई दिन जानेहरु अधिकांशमा संक्रमण भएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्ल पनि संक्रमित भएका छन् ।

प्रचण्डलाई बधाई दिन गएका वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, वाइसिएल नेता तथा हाल केन्द्रीय सदस्य सुवोध शेर्पाली, वागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्व अंगरक्षक प्रकाश पाण्डेलगायत अधिकांश संक्रमित हुनुभएको छ ।

त्यस्तै अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहमा पनि संक्रमण देखिएको छ । नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्यायमा पनि संक्रमण पुष्टि भइसकेको छ । यो संख्या अझ बढिरहेको छ ।

महाधिवेशनबाटै संक्रमण फैलिएको आशंका गरिएको माओवादीका एक नेताले बताएका छन् । सबै नेताहरुमा एकै खालको लक्षण देखिएको छ । माओवादीले आन्तरिक रुपमा सबैलाई परीक्षण गर्न सुझाएको छ ।

  • २४ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech