कोहलपुरको कौसिल्या अस्पतालमा अव चौबिसैं घण्टा फिजिसियन सेवा

    • स्वास्थ्य पेज

  • २३ पुष २०७८, शुक्रबार

नेपालगन्जः बाँकेको कोहलपुरनगरपालिका–११ स्थित कौसिल्या अस्पतालले कोहलपुरमा पहिलो पटक चौबिसैं  घण्टा फिजिसियन सेवा सुरु गरेको छ । यसअघि अस्पतालले चौबिसैं घण्टा इमरजेन्सी सेवा दिँदै आएको थियो ।

अस्पतालका प्रबन्ध निर्देशक रामप्रसाद न्यौपानेका अनुसार विरामीको सहज उपचार सेवाका लागि अस्पतालले चौबिसैं  घण्टा फिजिसियन सेवा सुरु गरेको हो ।

विशेषज्ञ चिकित्सकबाटै सेवा प्रवाह गरिने भएकाले विरामीहरुले अव जुनसुकै समयमा पनि सेवा लिन पाउने भएका छन् । ‘मानिस कतिबेला विरामी पर्छ थाहा नै हुँदैन उहाँले भन्नुभयो–‘दिउँसो विरामी पर्दा उसले उपचार सेवा त पाउला तर राती विरामी परे के गर्ने ? त्यसैले विशेषज्ञ चिकित्सबाटै सेवा दिने गरी चौबिसैं घण्टा फिजिसियन सेवा सुरु गरेका हौं ।’

उहाँले डाक्टर भेटिनौं भन्ने गुनासो विरामीले गर्नै नपाउने गरी सेवा प्रवाह गरिने जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा फड्को मार्दै गएको कोहलपुरमा कौसिल्या अस्पतालले आफ्नो सेवालाई थप गुणस्तरीय र प्रभावकारी गराउँदै लगेको छ ।

सबै ल्याव परीक्षण सेवा रहेको कौसिल्या अस्पतालले जनरल फिजिसियन, जनरल सर्जरी, नाक, कान, घाँटी, अर्थोपेडिक, न्यूरो, बालरोग विशेषज्ञलगायतका सेवा दिँदै आएको छ ।

बर्दियाको बासगढीबाट समेत सेवा प्रवाह गर्दै कौशिल्या अस्पतालले छिट्टै आँखा उपचार सेवा समेत सुरु गर्ने तयारी गरेको निर्देशक न्यौपानेले बताउनुभयो । थाइराइड उपचारसँगै सुरक्षित गर्भपत सेवा समेत अस्पतालबाट प्रवाह भइरहेको उहाँको भनाइ छ ।

सुरक्षित गर्भपनका लागि नेपाल सरकारबाट मान्यता प्राप्त कौशिल्या अस्पतालले दक्ष जनशक्तिबाट सेवा दिँदै आएको जनाएको छ ।

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech