विदेश जानेलाई नेपालगन्जमा कोरोना विरुद्धको खोप !

    • स्वास्थ्य पेज

  • २३ पुष २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आजदेखि १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोपको दोस्रोमात्रा दिइने भएको छ । जिल्लाका आठवटै पालिकामा यसअघि खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुष २९ गतेसम्म जिल्लाका ८१ वटै स्वास्थ्य केन्द्रमार्फत खोप लगाइने छ । यस्तै अहिलेसम्म खोप नलगाएका व्यक्तिलाई यही पुष २५ र २६ गते कोडिशिल्डको पहिलो मात्रा लगाइने पनि उहाँले जानकारी दिनुभयो ।

दुई सय भन्दा बढी लक्षित जनसंख्याले खोप लगाउने अवस्था आए पायकपर्ने गरी खोप केन्द्र तोकेर खोप लगाउने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । यसैबीच विदेश जाने नागरिकहरुको सवालमा नेपालगन्जमा कोरोना विरुद्धको जोनसोन खोप लगाइने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२ आधारभूत प्राथमिक स्वास्थ्य केन्द्रमा आज एक दिनका लागि जोनसोन खोप दिन लागिएको हो ।

बैदेशिक रोजगारको शिलशिला र अन्य प्रयोजनका लागि विदेश जाने नागरिकलाई लक्षित गरेर विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खोप लगाउने कार्यक्रम रहेको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।

यसभन्दा अगाडि कुनै खोप नलगाएका र १८ वर्षमाथिका नागरिकलाई जोनसोन खोप लगाउन लागिएको हो ।

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech