स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनका लागि काम गर्न जनस्वास्थ्य संघलाई पूर्वमन्त्री थापाको आग्रह

    • स्वास्थ्य पेज

  • २२ पुष २०७८, बिहीबार

काठमाडौंः पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनका लागि काम गर्न जनस्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल जनस्वास्थ्य संघको पेशागत समूहको अन्तरक्रिया कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री थापाले नीति निर्माण तहमा नेतृत्वलाई बुझाउन र लबिइङका लागि जनस्वास्थ्य संघको महत्वूर्ण भूमिका रहेको बताउनुभयो।

नेपाल जनस्वास्थ्य संघ केन्द्रीय कार्यसमितिको निर्वाचन यही पौष २४ गते हुँदैछ। निर्वाचनमा उम्मेदवारहरुले उठाएका प्रतिवद्धताहरु पुरा गर्न थापाको आग्रह छ।

कार्यक्रममा निर्वाचनका उम्मेदवारहरुले आफुले उठाएका एजेण्डाहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

२४ गते हुने निर्वाचनका लागि संघको पेशागत समूहको अध्यक्षका लागि महेश्वर श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

उपाध्यक्षमा बिमला भट्ट, महासचिवमा सागर दाहाल, सचिवमा रोशन लामा, कोषाध्यक्षमा चेतराज पण्डित, सहकोषाध्यक्षमा उमा थापाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, खुला सदस्य तर्फ दयाकृष्ण पन्त, अन्जना खड्का, सुदिप चिलुवाल, धनप्रसाद पौडेल, बिन्ज्वाला श्रेष्ठ, डा खकिन्द्र बहादुर भण्डारी, रामानन्द पण्डित, रणधीर कुमार यादव र अम्बिका बाँनियाले उम्मेदवारी दिनुभएको छ ।

सेवाका पहुँचको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अर्थपूर्ण समन्वय गरिने, जनस्वास्थ्यकर्मीको उपयोग र व्यावसायिक क्षमता वृद्धिको लागि सरकार तथा सरोकार निकायसँग सहकार्य, संवाद तथा पैरवी वकालत गरिने, जनस्वास्थ्य व्यवसायीको हकहितको संरक्षणको लागि पैरवी र व्यवस्थापन गरिने लगायत पेशागत समूहको प्रतिवद्धता छ।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech