कोरोना त्रासका कारण प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

    • स्वास्थ्य पेज

  • २२ पुष २०७८, बिहीबार

नेपालगन्जः भारतमा कोभिडको तेस्रो लहर तीव्र गतिमा फैलिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ।

कोरोना संक्रमण बढेपछि गुजरात सरकारले भाइब्रेन्ट गुजरात समिट स्थगित गर्ने निर्णय गरेको छ। भारतमा बिहीबार एकैदिन ९० हजार मानिसमा कोरोनाको संक्रमण भएको थियो।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ।

केही दिनअघिसम्म पाँच हजारभन्दा तल रहेको भारतको दैनिक कोरोना संक्रमण ओमिक्रोन भेरियन्ट आएसँग दिनदिनै बढिरहेको छ।

देउवा यही पुस २५ गते भारत जाने तयारी गर्नुभएको थियो ।

देउवा सहभागी हुने भनिएको भारतको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएसँगै अब तत्काललाई दिल्ली यात्रा रोकिएको हो।

गुजरातमा कोभिड–१९ को संक्रमण बढेको भन्दै यो सम्मेलन स्थगित गरिएसँगै प्रधानमन्त्री भारत भ्रमणमा नजाने उहाँका स्वकीय सचिव भानु देउवाले बताउनुभयो।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech