माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना देखिएपछि प्रचण्ड आइसोलेसनमा

    • स्वास्थ्य पेज

  • २२ पुष २०७८, बिहीबार

नेपालगन्जः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष भेटघाट बन्द गर्नुभएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेका कारण उहाँले भेटघाट बन्द गर्नुभएको हो ।

प्रचण्डका स्वकीय सचिव गंगा दाहालले कोरोना सं‌क्रमण तथा स्वास्थ्यकर्मीको सल्लाह अनुसार प्रचण्डले केहि दिनका लागि प्रत्यक्ष भेटघाट बन्द गरेको जानकारी दिनुभएको छ ।

माओवादी केन्द्रीय कार्यालयका केही नेता र कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि प्रचण्डको सचिवालयले भौतिक रुपमा हुने भेटघाट र बधाई ज्ञापनको कार्यक्रम स्थगित गरिएको जनाएको हो।

माओवादी केन्द्रीय कार्यालयका लेखा प्रमुखसहित ६ जनालाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech