भारतमा ओमिक्रोनबाट संक्रमित पहिलो मृत्यु

    • स्वास्थ्य पेज

  • २२ पुष २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्ज: भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो ।

मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो ।

मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो ।

भारतमा ओमिक्रोनको पहिलो केस १२ डिसेम्बरमा केरलामा पुष्टि भएको थियो ।

त्यसअघि विश्वमा सबैभन्दा पहिले २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि भएको थियो ।

हाल ओमिक्रोनबाट संक्रमित हुनेहरुको संख्या तीव्ररुपमा वृद्धि भएपछि विभिन्न देशहरुले चिन्ता व्यक्त गरेका छन् ।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech