मणिपाल कलेज अतिरिक्त शुल्क फिर्ता लिन तयार भएपछि अखिल र मेडिकल विद्यार्थीको आन्दोलन स्थगित

    • स्वास्थ्य पेज

  • २१ पुष २०७८, बुधबार

पोखराः मणिपाल मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति जनाएपछि एमाले निकट अनेरास्ववियुले एक महिनादेखि थालेको आन्दोलन स्थगित गरेको छ ।

एमाले निकट अनेरास्ववियु र नेशनल मेडिकल स्टुडेन्ट्स एसोसियसन गण्डकी च्याप्टरले मंसिर २० गतेदेखि मणिपाल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता लगायतका माग राख्दै आन्दोलन गरेर ताला समेत लगाएका थिए ।

ठिक ३१ दिनपछि बुधवार पाँच बुँदे सहमति भएर ताला खोल्न आफूहरु तयार भएको अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

सहमतिमा चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यन्वयन गर्न मणिपाल मेडिकल कलेजले प्रतिबद्धता जनाएको छ ।

त्यस्तै तोकेको बाहेक कुनै पनि अतिरिक्त शुल्क नलिने तथा विद्यार्थीसँग लिइएको अतिरिक्त शुल्कलाई आगामी वर्ष तिर्नु पर्ने नियमित शुल्कमा घट्नेगरि व्यवस्थापन गर्न कलेज तयार भएको छ ।

सहमतिमा कलेजको तर्फबाट प्रशासन प्रमुख भानु भारद्वाजले हस्ताक्षर गर्नुभएको भने आन्दोलनकारीका तर्फबाट अनेरास्ववियुका नेता प्रकाश पौडेल र गौरव यादवले हस्ताक्षर गर्नुभएको छ ।

 

  • २१ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech