शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि विद्यालय बन्द

    • स्वास्थ्य पेज

  • २१ पुष २०७८, बुधबार

नेपालगन्जः शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि जिल्लाको तुल्सीपुर उपमहागरनपालिका– ८ को आश्वरा माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

एन्टिजेन परीक्षण गर्दा विद्यालयका छ शिक्षक र छ विद्यार्थी गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुल्सीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुके स्थानीय मेट्रो अस्पतालमा एन्टिजेन परीक्षण गरिएको थियो ।

मंगलबारदेखि पाँच दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो । ‘शिक्षक र विद्यार्थीमा कोभिड देखिएपछि थप संक्रमण फैलन नदिन विद्यालय बन्द गरिरएको छ’ उहाँले भन्नुभयो–‘संक्रमित विद्यार्थीको अवस्था सामान्य छ । शिक्षकहरुलाई होम आइसोलेसन बस्न भनिएको छ ।’

त्यस्तै तुल्सीपुर उपमहानगरपालिका–६ स्थित राप्ती बाल एकेडेमीका दुई विद्यार्थीमा पनि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितको विद्यार्थीको सम्पर्कमा आएका अन्य विद्यार्थी र शिक्षकहरुको कोभिड परीक्षण भइरहेको शिक्षा शाखाका भण्डारीले बताउनुभयो ।

  • २१ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech