फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुग्यो

    • स्वास्थ्य पेज

  • २१ पुष २०७८, बुधबार

नेपालगन्जः फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ । फाइजर कम्पनीकै ६ लाख ६४ हजार ६५० वटा सिरिन्ज नेपाल आइपुगेको हो ।

फाइजर खोप लगाउन सोही कम्पनिको शून्य दशमल ३३ एमएमको सिरिन्ज आवश्यक पर्दछ ।

पुस १३ गतेदेखि उपत्यकासहित ८ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहमा फाइजर खोप लगाउने तयारी गरिएकोमा सिरिञ्ज अभावका कारण खोप अभियान स्थगित भएको थियो ।

खोपका लागि आवश्यक पर्ने घोलक भने यस अघि नै आइसकेको छ । सरकारले सिरिञ्ज आउने वित्तिकै उपत्यका सहित ८ जिल्लामा फाइजर खोप लगाउने बताएको छ ।

  • २१ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech