बार्सिलोनाका २ खेलाडीलाई कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • २० पुष २०७८, मंगलवार

नेपालगन्जः स्पेनिस ला लिगा क्लब बार्सिलोनाका फेरान टोरेस र पेड्रीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेमा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट सरुवा भएका फेरान टोरेस र मिडफिल्डर पेड्री छन्। दुवै स्पेनिस राष्ट्रिय टोलीका सदस्य हुन् ।

बार्सिलोनाले जारी विज्ञप्तिमा दुबै खेलाडीको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा बसिसकेको उल्लेख गरेको छ।

  • २० पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech