प्युठान अस्पतालको न्युनतम सेवा मापदण्डमा सुधार

    • स्वास्थ्य पेज

  • २० पुष २०७८, मंगलवार

प्युठानः प्युठान अस्पताल न्युनतम सेवा मापदण्डका सुचकको आधारमा लुम्बिनी प्रदेशको तेस्रो स्थानमा परेको छ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले आयोजना गरेको प्रदेशमा अस्पतालहरुको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा प्रस्तुत तथ्यांकले यस्तो देखाएको हो।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको मुल्यांकनमा अघिल्लो आर्थिक वर्षमा ५९ प्रतिशत रहेकोमा यस बर्ष बढेर ७४ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

लुम्बिनी प्रदेशका १२ जिल्लाहरुमध्ये हालसम्म सर्वेक्षण गरिएका ९ वटा जिल्लाका विभिन्न सुचकहरुमा सुधार गर्दै प्युठान तेस्रो स्थानमा परेको हो। गुल्मी, पाल्पा र कपिलबस्तुको भने न्युनतम सेवा मापदण्डहरु सर्वेक्षण गर्न अझै बाँकी छ।

स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव विकास देवकोटाले स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने न्युनतम सेवा मापदण्डमा सुशासन तथा ब्यवस्थापन, उपचारात्मक सेवा ब्यवस्थापन र अस्पताल सहयोग सेवा गरि मुख्य तिन पक्षहरुलाई विश्लेषण गरि नतिजा निकालिएको बताउनुभयो ।

२०४५ सालमा १५ बेडको रुपमा स्थापना भएको जिल्ला अस्पताल २०७३ सालमा ५० बेडमा रुपान्तरण गरिएको हो।

अहिले यो अस्पतालमा प्युठान सहित रोल्पा,अर्घाखाँची,गुल्मी लगायतका जिल्लाका नागरिहरुले सेवा लिदै आइरहेका छन्।

 

 

  • २० पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech