ओमिक्रोनको चपेटामा दिल्लीः सप्ताहान्तमा कर्फ्यू लगाउने निर्णय

    • स्वास्थ्य पेज

  • २० पुष २०७८, मंगलवार

नेपालगन्जः कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । आज बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकले सप्ताहान्तमा कर्फ्यू लगाउने निर्णय गरेको हो ।

उपमुख्यमन्त्री मनिष सिसोदियाका अनुसार अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साबिक झैँ सञ्चालन हुनेछन् । मास्कविना कसैले पनि यात्रा गर्न पाउनेछैन । यस्तै निजी कार्यलयहरूले ५० प्रतिशत कर्मचारीको मद्दतले काम गर्नुपर्नेछ ।

सरकारले बाँकी ५० प्रतिशतलाई छुट्टी दिन वा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । गत हप्ता ५० मेट्रोरेल र बसमा ५० प्रतिशत मात्र यात्रु बोक्न छुट दिएको सरकारले भीड बढेपछि रेल र बसलाइ पूर्ण क्षमतामा चलाउन छुट दिएको छ ।

मास्कविना भने कसैलाई पनि यात्रा नगराउन निर्देशन दिएको छ । आजसम्म भारतमा एक हजार ८ सय ९२ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएको छ । महाराष्ट्रमा ओमिक्रोनको सबैभन्दा धेरै संक्रमण देखिएको छ ।

  • २० पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech