बाँकेमा आज कोभिड पुष्टि भएका नेपालगन्ज, कोहलपुर र खजुराका

    • स्वास्थ्य पेज

  • २० पुष २०७८, मंगलवार

तस्बिर:फाइल

नेपालगन्जः बाँकेमा आज थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ४६ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ३० नमुना जाँच्दा २ र मेडिकल कलेज कोहलपुरमा १६ नमुना परीक्षण गर्दा १ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि भएका तीनै जना बाँकेका हुन् । उनीहरु नेपालगन्ज, कोहलपुर र खजुराका हुन् । संक्रमण पुष्टि भएका २० वर्षदेखि ८३ वर्ष उमेर समूहका छन् ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ६ पुगेको छ ।

यस्तै थप १ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ४८ पुगेको छ ।

  • २० पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech