बाँकेमा थप दुई जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • १९ पुष २०७८, सोमबार

oppo_0

नेपालगन्जः बाँकेमा आज थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५७ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा १६ नमुना जाँच्दा १ र मेडिकल कलेज कोहलपुरमा २० नमुना परीक्षण गर्दा १ जनामा कोरोना देखिएको हो । बागेश्वरी ल्याबमा २१ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएकामध्ये १ जना दाङका र १ जना दैलेखका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ३ पुगेको छ ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech