जमुनाह नाकामा कोभिड पुष्टि भएका ९ जनामा नयाँ भेरियन्ट ओमिक्रोन नै हो त ?

    • स्वास्थ्य पेज

  • १९ पुष २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्जः नेपालगन्जको जमुनाह नाकामा आज ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट स्वदेश फर्किरहेका ३ सय ७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएकामा ७ जना पुरुष र २ जना महिला छन् । उनीहरु सबैलाई भेरी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । भारतमा ओमिक्रोन तीब्ररुपमा फैलिरहेकाले उतैबाट आएका नेपालीमा भाइरस संक्रमण देखिएकाले ओमिक्रोनको आशंका गरिएको छ ।

यद्यपी उनीहरुलाई ओमिक्रोन भए नभएको बारे एकिन गर्ने प्रविधि नेपालगन्जमा छैन् । संक्रमण पुष्टि भएका केही बाहिरी जिल्लाका समेत रहेकाले उनीहरुलाई उतै पठाउने तयारी भइरहेको वलीले बताउनुभयो ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech