भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप दिन अभियान सुरु

    • स्वास्थ्य पेज

  • १९ पुष २०७८, सोमबार

नेपालगन्जः भारतमा १५ देखि १८ वर्षका बालबालिका र किशोरकिशोरीलाई कोरोना विरुद्धको खोप दिन अभियान सुरु भएको छ ।

खोप केन्द्रमा खोप लगाउनेहरुको भीड बढेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

खोपका लागि अस्तिदेखि रजिस्ट्रेसन सुरु भएको थियो । अहिलेसम्म झण्डै १० लाख बालबालिका तथा किशोरकिशोरीले खोपका लागि नाम दर्ता गराएका छन् ।

भारतमा अहिले कोरोनाको तेस्रो लहर फैलिरहेको छ । यसले गर्दा जोखिम बढेको भन्दै १५ देखि १८ वर्षका बालबालिका र किशोरकिशोरीलाई खोप दिन अभियान थालिएको हो ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech