मानसिक अस्पताल पाटनको निर्देशकमा डा अधिकारी नियुक्त

    • स्वास्थ्य पेज

  • १९ पुष २०७८, सोमबार

नेपालगन्जः मानसिक अस्पताल पाटनको निर्देशकमा डा अनन्त अधिकारी नियुक्त हुनुभएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा अधिकारीलाई निर्देशकको जिम्मेवारी दिनुभएको हो ।

यसअघिका निर्देशक डा मोहनराज श्रेष्ठको तीन साता अघि नै अनिवार्य अवकाश भएको थियो ।

आइतबार मन्त्रालयबाट पत्र बुझेंको जानकारी दिँदै आजबाट नयाँ जिम्मेवारी सम्हाल्ने डा अधिकारीले बताउनुभयो । अधिकारी प्रमुख कन्सलट्यान्ट साइक्याटिक्स (एघारौं तह) का चिकित्सक हुनुहुन्छ ।

नेपाल सरकारको केन्द्रीय मानसिक अस्पतालका रूपमा वर्गीकरण गरिएको मानसिक रोग अस्पताल पाटन हाल ५० बेडमा सञ्चालन भइरहेको छ ।

बिरामीको चापअनुसार अस्पतालका लागि उक्त बेड संख्या अपर्याप्त भएको निर्देशक डा अधिकारीले बताउनुभयो ।

बिरामीको चापअनुसार अस्पतालको भौतिक संरचनासमेत अपुग छ । अब भौतिक संरचनालाई सुधार गरेर एक सय बेड बनाउने योजना रहेको डा अधिकारीले बताउनुभयो ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech