निःशूल्क स्वास्थ्य शिविरमा नेपालगन्ज मेडिकल कलेजका विशेषज्ञ चिकित्सकले सेवा दिने

    • स्वास्थ्य पेज

  • १९ पुष २०७८, सोमबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बाँकेको खजुरामा वृह्त निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यही पुष २४ गते ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको मेडिकल कलेजका सह–निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिनुभयो ।

खजुरा गाउँपालिका, भैरव प्रसाद गण ईमामनगर ब्यारेक राँझा र लाइन्स एण्ड लियो क्लव खजुराको सहकार्यमा शिविर आयोजना गरिएको हो । शिविरमा जनरल स्वास्थ्य सेवा, शल्य चिकित्सा, नाक, कान, घाँटी, छाला रोग, बालरोग, आँखा, हाडजोर्नीलगायतको विशेषज्ञ सेवा प्रदान गरिने बताइएको छ ।

निःशूल्क औषधि वितरणसँगै परामर्श पनि दिइने सह–निर्देशक डा कनोडियाले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरबाट रिफर भई अस्पतालमा चेकजाँच वा उपचारका लागि आउने बिरामीलाई निःशूल्क भर्ना, जनरल वेड चार्ज निःशूल्क, शल्यक्रिया शूल्कमा २५ प्रतिशत छुट, दुरवीन प्रबिधिबाट शल्यक्रिया गर्नु परे २० प्रतिशत छुट, ल्याव जाँच, तथा अन्य जाँचमा २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।

त्यस्तै अस्पतालमा रिफर भई आएका बिरामीलाई उपचारमा लाग्ने औषधिमा १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको उहाँको भनाइ छ ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech