आईसीयू र भेन्टिलेटरमा कति छन् कोभिड संक्रमित बिरामी ?

    • स्वास्थ्य पेज

  • १८ पुष २०७८, आईतवार

तस्बिर:फाइल

नेपालगन्जः नेपालमा ८३ जना कोभिड–१९ संक्रमितको आईसीयु र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारसम्मको तथ्यांकअनुसार देशका विभिन्न अस्पतालमा ती संक्रमितहरुको उपचार भइरहेको छ । १९ जना गम्भीर कोभिड–१९ संक्रमितहरुको भेन्टिलेटरमा उपचार भइरहेकामा सबैभन्दा बढी बागमती प्रदेशमा १७ जनाको उपचार भइरहेको छ ।

यस्तै, प्रदेश नंं। १ र लुम्बिनी प्रदेशमा १÷१ जना कोभिड–१९ संक्रमितको भेन्टिलेटरमा उपचार जारी रहेको छ । मन्त्रालयकाअनुसार ८३ जना कोभिड–१९ संक्रमितको विभिन्न देशका विभिन्न अस्पतालका आईसीयुमा उपचार जारी छ ।

जसमा बागमती प्रदेशमा ५८ जना, लुम्बिनी प्रदेशमा १२ जना, प्रदेश नं। १ मा ८ जना, गण्डकी प्रदेशमा ३ जनाको आईसीयुमा उपचार भइरहेको छ ।

यसैगरी, सुदूरपश्चिम र प्रदेश नं। २ मा १÷१ जना कोभिड–१९ संक्रमित आईसीयुमा उपचार गराइरहेका छन् ।

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech