२४ घण्टामा २ सय १६ जनामा काेराेना पुष्टि, २ सय ९ जना सङ्क्रमणमुक्त

    • स्वास्थ्य पेज

  • १८ पुष २०७८, आईतवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा दुई सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार ६ सय ३१ जनाको नमुना परीक्षण गर्दा दुई सय १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई सय नौ जना निको भएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार चार सय १९ जना पुगेको छ । अहिले नेपालमा चार हजार नौ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ९६ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ३३ हजार आठ सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म एक करोड चार लाख ९६ हजार जनाभन्दा धेरैले पूर्ण मात्रा खोप लगाएका छन् । एक करोड ४१ लाख १८ हजार २७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech