ओमिक्रोन फैलन नदिन स्वास्थ्य मन्त्रालयको प्रदेश र स्थानीय सरकारलाई निर्देशन

स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ । पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो ।


    • स्वास्थ्य पेज

  • १८ पुष २०७८, आईतवार

नेपालगन्जः स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन निर्देशन दिएको छ ।

पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो ।

सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायत निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै भाइरसका नयाँ नयाँ भेरिययन्टहरू आउँन सक्ने सम्भावना कायमै रहेको हँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वजास्थ्य मापदण्डको पूर्वपालन गर्न तथा भीडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत सबैमा आग्रह गरेको छ ।

 

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech