बढी शुल्क लिने बाँकेका मेडिकल कलेजलाई कानूनी कारबाही गर्न गृहको प्रशासनलाई निर्देशन

    • स्वास्थ्य पेज

  • १८ पुष २०७८, आईतवार

नेपालगन्जः चिकित्सा शिक्षा आयोगले तोकेभन्दा भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कानूनी दायरामा ल्याउन गृहमन्त्रालयले निर्देशन दिएको छ।

बाँकेसहित १२ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै छानबिन गरी बढी शुल्क लिएको पाइएमा कानूनी कारबाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको हो।

बाँके, जुम्ला मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रुपन्देही र काठमाडौं उपत्यकाका तीन जिल्लासहित १२ प्रशासन कार्यालयलाई पत्र लेख्दै बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको हो।

बढी शुल्क लिएको विषयमा विद्यार्थीहरु आन्दोलन गर्दै आएकोमा उक्त विषय छानबिन गर्न र तोकिए भन्दा बढी शुल्क लिएको पाइएमा कारबाही गर्न र त्यसको जानकारी मन्त्रालयमा पठाउने भन्दै निर्देशन दिइएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई बोधार्थ दिँदै गृहले १२ जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको छ।

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech