बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर शून्य

    • स्वास्थ्य पेज

  • १८ पुष २०७८, आईतवार

तस्बिर:फाइल

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर शून्य भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५६ जनाको नमुना परीक्षण गर्दा कसैलाई पनि कोरोना संक्रमण पोजेटिभ नदेखिएपछि संक्रमण दर शून्य भएको हो ।

भेरी अस्पतालमा १५, मेडिकल कलेज कोहलपुरमा ३२ र बागेश्वरी ल्यावमा ९ जनाको नमुना परीक्षण गर्दा कसैलाई पनि कोरोना नदेखिएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

बाँकेमा हाल सक्रिय संक्रमितको संख्या ९ जना रहेको वलीले बताउनुभयो । ती मध्ये पाँचजना अस्पतालमा उपचाररत रहेका छन् । उनीहरु मध्यम खाले विरामी भएको उहाँको भनाइ छ ।

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech