चिसोबाट बच्न अपनाउनुहोस्,यी उपाय

    • स्वास्थ्य पेज

  • १७ पुष २०७८, शनिबार

चिसो समयमा  चिसोबाट बच्ने उपायका खोजीमा हुने गर्छ । चिसोबाट बच्न खानेकुरामा  मानिसहरु  धेरै खर्च गर्ने गर्छन । अब चिन्ता नगर्नुस यहाँ चर्चा गरिदैछ, चिसोबाट बच्न के -के खान सकिन्छ ।
१. तील 

तील पनि हाम्रो भन्सामा सहजै पाईने खानेकुरा हो । हामी तीलका बिभिन्न परिकार बनाएर खान्छौ । तर जाडो महिनामा यसको प्रयोग गर्दा यसले शरीरलाई न्यानो मात्र हैन हाम्रो पाचन प्रणाली पनि सफा राख्दछ ।

२. दालचीनी   

दालचीनी पनि हामीले सधै प्रयोग गर्ने मसलाहरुमा मिलाएर खाँदा फाईदा हुन्छ । अझ जाडो महिनामा तातो दुधमा शखर र दालचीनी मिसाएर खाँदा जाडो र चिसोबाट हुने रोग लाग्न दिदैन्।

३. लसुन   

लसुनमा प्रशस्त मात्रामा एंटिबेक्टेरीयल र एंटिभाईरल गुण हुन्छ । यसले हामीलाई न्यानो राख्नुका साथै हाम्रो शरीरमा भाको कोलेस्ट्रोल पनि घटाँउदछ । लसुनको नियमित सेवनले गर्दा टाउँकोमा हुने समस्या पनि कम गर्छ ।

४. बदाम   

जाडो महिनामा नियमित बदाम खानाले हाम्रो शरीर न्यानो हुन्छ । यसले स्वास प्रस्वासमा हुने समस्या बाट पनि छुट्कारा दिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाईने हुँदा मोटोपन घटाउन पनि मदत गर्दछ र शरीर फिट राख्न पनि सहयोग गर्दछ ।

५ .अदुवा   

अदुवा हाम्रो भान्सामा सहजै पाहिले तरकारी अथवा मसला हो ।अदुवामा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस् पाईन्छ जसले चिसो आयाममा स्वास्थ्य रहन सहयोग गर्दछ । यसका साथ साथै यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउनाका साथै एसिडिटि र मेटाबोलिजमबाट हुने सबै खालका समस्याहरु हटाउन मदत गर्दछ ।

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech