जमुनाह नाकामा १३ हजारको मलेरिया आरडीटि जाँच, तीन जनामा मलेरिया

    • स्वास्थ्य पेज

  • १७ पुष २०७८, शनिबार

नेपालगन्जः भारतबाट आएका १३ हजार मानिसलाई नेपालगन्जको जमुनाह नाकामा मलेरिया आरडीटी जाँच गरिएको छ ।

तीमध्ये तीन जनामा मलेरिया पुष्टि भएको नेपालगन्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिनुभयो । बाँके, बर्दिया र कैलालीका एक÷एक जनालाई मलेरिया देखिएको हो ।

भारतको पञ्जाव, चण्डीगढ, गुजरात, मुम्बई र दिल्लीबाट आएका नेपालीलाई मलेरिया जाँच गर्ने गरिएको छ । मलेरिया लामखुट्टेको टोकाईबाट हुन्छ ।
जाडो महिना सुरु भइसकेकाले तत्काललाई भने गर्मी र लामखुट्टेका कारण हुने संक्रमणको डर कम भएको छ । गतवर्ष बाँकेमा मलेरियाका ४२ जना बिरामी थिए ।

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech