बाँकेमा चालू आर्थिक वर्षको पाँच महिनामा सात आमाको मृत्यु

    • स्वास्थ्य पेज

  • १७ पुष २०७८, शनिबार

नेपालगन्जः बाँकेमा चालू आर्थिक वर्षको पाँच महिनामा सात जना आमाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको साउनदेखि मंसिरमहिना भित्रमा गर्भवती र सुत्केरी आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स श्रेष्ठले बताउनुभयो । गएको वर्ष ४१ जना गर्भवति र सुत्केरी आमाको मृत्यु भएको थियो । जसमध्ये बाँकेका मात्रै २४ जना थिए ।

अधिकांश मृत्यु अस्पतालमा भएको देखिन्छ । अवस्था गम्भीर बन्दै गएपछि मात्रै अस्पताल पुग्ने गरेका कारण अस्पतालमा मृत्यु हुनेको संख्या बढी देखिएको पब्लिक हेल्थ नर्स श्रेष्ठले बताउनुभयो । आमाको मृत्यु हुनुमा धेरै कारण हुने भएकाले त्यसलाई न्यून गर्न राज्य, स्वास्थ्यकर्मी, परिवार तथा स्वयं आमाले स्वास्थ्यलाई गम्भीरतापूर्वक लिनु पर्ने उहाँले बताउनुभयो ।

उहाँले नियमित स्वास्थ्य जाँचलाई प्राथमिकतामा दिनुपर्ने सुझाव दिनुहुन्छ । सरकारले तोकेको मापदण्ड अनुसार गर्भवतिले कम्तिमा चार पटक चार महिना, छ महिना, आठ महिना र नौ महिनामा जाँच गर्न उहाँको सुझाव छ । यो बाहेक स्वास्थ्यमा आउने समस्याबारे तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउन पनि उहाँले आग्रह गर्नुभयो ।

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech