जाडोमा गहत दाल खानुका फाइदाहरु

    • स्वास्थ्य पेज

  • १७ पुष २०७८, शनिबार

नेपालगन्जः गहत खानाले पत्थरी फाल्छ भन्ने जनविश्वास अधिकांश नेपालीलाई छ । गहतको सेवनले किड्नीको स्टोन फाल्दछ । पत्थरीको उपचार गर्दा सधै कडा औषधि प्रयोग गरेको पाइन्छ । घरेलु औषधिमा गहत पनि एक हो । यसको वैज्ञानिक नाम ‘मेक्रोटाइलोमा युनी फ्लोरम’ हो ।

गहत एउटा गेडागुडि तरकारी अथवा दालको रूपमा खाइने वनस्पती हो। नेपाल भारतको विभिन्न ठाउँमा गहतको खेती गरिन्छ।गहतको खेती बर्षा सुरुहुनु भन्दा पहिले अथवा बर्षाको सँग सँगै गहतको बिउ छरिन्छ।गहतसँग जोडिएर कैयौ उखानटुक्का पनि बनेका छन् ।

गहतलाई पहिला ज्ञानको कमीको कारणले गर्दा त्यति राम्रो खाद्य पदार्थ भित्र हेर्ने थिएन हाम्रो समाजले त्यसैले केहिकुरालाई तुच्छ सोचेर भन्नुछ भने ‘जात फाल्नु गहतको झोलमा’ भनेर उखानले व्यंग्य गरे भन्ने गर्दथे ।

सयको परिर्वतनसँगै मानिसमा पनि ज्ञानको विकासहुदैँ गयो साथै जति समाज जटिल बन्दै जान्छ रोगले पनि मानिसलाई त्यतिनै आक्रमण गर्दछ त्यसकारण रोगबाट बच्चन मानीसले विभिन्न घरेलु आर्युृबेदीक औषधी खोज्न थाले र गहतको पनि महत्व विस्तारै बुझन् थाले ।

गहत एक पोषक र गुणकारी खाद्य पदार्थ हो । गहतको दाल नियमित सेवन गर्न सके, विशेषतस् जाडो याममा, यसले औषधिले भन्दा पनि चामत्कारिक फाइदा पुर्‍याउँछ ।गहत पोषणका दृष्टिले निकै महत्त्वपूर्ण दाल हो । गहतमा अरू दालमा भन्दा रेसा ९फाइबर० बढी पाइन्छ । त्यसैले यो सजिलै पच्छ । न्यानो प्रकृतिको मानिने गहत रातो, सेतो र कालो गरी तीन प्रकारको हुन्छ । यसबाट दालबाहेक रोटी पनि पकाउने गरिन्छ ।

२२ प्रतिशतजति प्रोटिन पाइने गहत क्याल्सियम र फोस्फोरसको मुख्य स्रोत हो । लौह तत्त्व र भिटामिन ए पनि यसमा हुन्छ ।यसको बीउमा प्रोटिन र कार्बोहाइड्रेट विशेष मात्रामा हुन्छ । यसमा युरिएजसमेत पाइन्छ ।जाडोमा गहत नियमित रूपमा खाने गरे चिसोले छुँदैन भन्ने आममान्यता छ ।

धेरै समयसम्म निरन्तर यो दाल सेवन गर्दा पत्थरी आफैँ निको हुने पनि बताइन्छ । आयुर्वेदमा यो दाललाई मूत्रसम्बन्धी विकार र पत्थरी रोग हटाउन विशेष उपयोगी मानिएको छ ।

पत्थरीलाई फुटाएर मूत्रनलीबाट बाहिर निकाल्नका लागि गहत प्रसिद्घ महौषधि पनि हो । तर, यसको प्रयोग उचित मात्रा र युक्तिपूर्वक गर्नुपर्छ ।यसको उपयोगले रोकिएको पिसाब खुलेर आउँछ । यसले पित्त र रगतको दोषलाई समेत निको पार्छ । यसले पोल्ने, गर्मी र पसिनालाई रोक्छ ।

बाथ ज्वर, श्वेतप्रद र मोटोपना हटाउनसमेत गहत उपयोगी मानिन्छ । यस्तै, प्रसवपछि गर्भाशयको शोधमा समेत यसको सेवन लाभकारी मानिन्छ ।आयुर्वेदका अनुसार पिसावमा रोकावट हुनु, ज्वरोको कारण पिसाबमा कमी वा पोल्नु आदि व्याधि हटाउन यो उत्तम प्रयोग हो ।

यसको बढी मात्रामा सेवनले अम्लपित्तको स्थिति उत्पन्न हुन्न समेत भनिन्छ ।यसले नेत्र रोग र पाइल्सलाई समेत निको गर्छ ।वीर्य दोषसमेत निको पार्ने क्षमता भएको गहत सास, खोकी पेटको रोग, मुटुको रोग, टाउको दुखाइ आदिमा लाभप्रद मानिन्छ ।

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech