पछिल्लो २४ घण्टामा विश्वभर १५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १७ पुष २०७८, शनिबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा विश्वभर १५ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये अमेरिकामा सबैभन्दा धेरै ३ लाख ४६ हजार, फ्रान्समा २ लाख ३२ हजार, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार, अर्जेन्टिनामा ४७ हजार, टर्कीमा ४० हजार, ग्रिसमा ४० हजार र भारतमा २१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा विश्वभर साढे ५ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमध्ये रसियामा ९१२, अमेरिकामा ७११, पोल्याण्डमा ६३८, जर्मनीमा २४४, भियतनाममा २२६ र युक्रेनमा २०९ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ ।

हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख ५२ हजार नाघेको छ । झण्डै ३ करोड सक्रिय संक्रमित छन् ।

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech