बुटवलको कोरोना अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०७८, शनिबार

बुटवलः रुपन्देहीका थप दुईजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

योेसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५५ पुगेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले शुक्रबार दिउँसो ४ः३० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार रुपन्देहीमा २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार रुपन्देहीमा ७ सय ८२ जना नयाँ संक्रमित थपिएका थिए । जिल्लामा ६ हजार सक्रिय संक्रमित पुगेका छन् ।

 

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech