मेडिकल कलेजमा कोभिड संक्रमित कोहलपुरका ४१ वर्षिय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

तस्विरः फाइल

कोहलपुर: नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना भाइरस संक्रमित थप एकजना बिरामीको मृत्यु भएको छ । अस्पतालका अनुसार कोहलपुर नगरपालिका १३ का ४१ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बैशाख १३ गते अस्पताल भर्ना हुनुभएका उहाँको बैशाख १८ गते पीसीआर परीक्षण गरिएको थियो ।स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज दिउसो २:२० बजे मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोभिड संक्रमणका कारण जिल्लाकै १७० जनाको हालसम्म मृत्यु भईसकेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech