शुक्रबार ९ हजार बढीमा संक्रमण पुष्टि, ५० जना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

काठमाडौं: शुक्रबार देशभर ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ४८२ जनाको परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा ९ हजार २३ पीसीआर परीक्षण र १७३ एन्टिजेज परीक्षण गरिएको हो । नेपालमा अब कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

सोही अवधीमा देशभर संक्रमणबाट निको भएर २ हजार ९०५ जना डिस्चार्ज भएका छन् । हालसम्म संक्रमण मुक्त भएर डिस्चार्ज हुनेहरुको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

संक्रमणकै कारण गएको २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ३ हजार ५७९ पुगेको छ ।

देशभर हाल कोभिडका ७८ हजार ६२९ सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech