मेडिकल कलेज कोहलपुरमा कोभिड संक्रमितको सफल डायलाइसिस

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

कोहलपुरः नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एकजना कोरोना संक्रमित बिरामीको डायलाइसिस गरिएको छ ।

कोहलपुर–११ का ६१ वर्षीय भाइरस संक्रमित पुरुषको सफल डायलासिस गरिएको अस्पतालका डा देवेन्द्र आचार्यले स्वास्थ्य पेजलाई बताउनुभयो ।

डायलाइसिस पछि विरामीको स्वास्थ्य सुधारोन्मुख रहेको पनि उहाँले बताउनुभयो । दोस्रो लहरको भाइरस संक्रमण सुरु भएपछि डायलाइसिस गरिएको यो पहिलो केस हो । कोरोना संक्रमणको पहिलो लहरको बेला भने ६ जना बिरामीको सफल डायलाइसिस गरिएको अस्पतालले जनाएको छ ।

डा आचार्य, स्टाफ नर्सहरु मनिषा गौतम र अनिता चौधरीको टोलीले डायलाइसिस गरेको थियो । चितवन पश्चिममा भाइरस संक्रमितको डायलाइसिस सेवा दिने मेडिकल कलेज एकमात्रै अस्पताल भएको पनि डा आचार्यले बताउनुभयो ।

नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस गर्ने पाँचवटा मेसिन छन् । तीमध्ये दुईवटा मेसिन कोरोना संक्रमित मिर्गौला पीडितका लागि छुट्टाइएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech