प्रधानमन्त्री ओलीसहित एक सय बढीको स्वाव संकलन

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाव संकलन गरिएको छ ।कोरोना भए नभएको पुष्टि गर्न शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसहित एक सय बढीको स्वाव संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीसँगै बालुवाटारमा रहने स्वकीय, निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित एक सय जनाभन्दा बढीको स्वाव संकलन गरिएको छ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech