गण्डकी प्रदेशमा थप चार जना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

तस्विरः फाइल

पोखराः  पर्वत, तनहुँ र कास्कीमा गरी चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार गण्डकी प्रदेशअन्तर्गत पर्वतका दुई, तनहुँ र कास्कीका एक-एक जना गरी कुल चार जनाको मृत्यु भएको हो ।

पर्वतको जलजला गाउँपालिका–३ का ६३ वर्षीय पुरुषको वैशाख २३ गते होमआइसोलेसनमा मृत्यु भएको हो ।

पर्वतकै कुश्मा नगरपालिका–९ का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २३ गते मृत्यु भएको हो ।

तनहुँको व्यास नगरपालिका–१ की ६० वर्षीया महिलाको वैशाख २३ गतै नै मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषको पनि मणिपाल शिक्षण अस्पतालमै वैशाख २३ गते मृत्यु भएको हो ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech