त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडानमा पनि रोक

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

काठमाडौं: कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडानमा पनि रोक लगाईएको छ ।

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार गएराती बाट सबै उडान सेवा बन्द गरिएको हो ।

आन्तरिक उडान भने यसअघि नै बन्द भैसकेका छन् ।वैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले संक्रमण नियन्त्रणका लागि वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो ।

सबै उडान बन्द भएपनि यो समयमा चार्टर्ड तथा उद्धार उडान भने सञ्चालन हुनेछन् ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech