वीरगन्ज महानगरपालिकाले अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्दै

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

वीरगंज: वीरगंज महानगरपालिकाले आजबाट एक सय बेडको आइसोलेसन सेन्टर सञ्चालनको तयारी गरेको छ ।

महानगरको उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबारको बैठकले गरेको निर्णय अनुसार महानगरपालिकाले अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्न लागेको हो ।

महानगरपालिकाले वीरगञ्ज घडिअर्वास्थित गोपाल मण्डली धर्मशालामा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर तयार गरेको छ ।

महानगर प्रमुख विजय कुमार सरावगीले तिब्र रुपमा फैलिएको कोभिड संक्रमणबाट नगरबासीलाई बचाउन अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।

कोभिड अस्पतालमा भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधि लगायत समेत निशुल्क दिने महानगरेको तयारी छ । वीरगञ्जमा दिन प्रतिदिन कोरोना भाइरस संक्रमित बिरामीहरु बढिरहेका छन् ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech