लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

बुटवलः रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका बुटवल–११ की ४६ वर्षीया महिला र सैनामैना ९ की ७२ वर्षिया महिलाको मृत्यु भएको हो ।
बुधबार कोरोना संक्रमण पुष्टि भएपछि सोहीदिन अस्पताल भर्ना भएका उनीहरुमध्ये बुटवलकी महिलाको बिहीबार बिहान १२।१७ बजे मृत्यु रसैनामैनाकी महिलाको बिहान ३ः ५३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिनुभयो।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । हालसम्म रुपन्देहीमा कोरोना संक्रमणबाट २ सय ४२ जनाको मृत्यु भएको छ । जिल्लामा ५ हजार ४ सय ८९जना सक्रिय संक्रमित छन् ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech