नेपालगन्जः बर्दियाका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका ६ बर्दियाका ३६ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
एन्टिजेन रिपोर्टमा उनलाई पोजेटिभ देखाएको थियो । उनलाई २२ गते पोजेटिभ भयो । त्यसैदिन भेरीमा भर्ना गरिए । उनको हिंजो राती ९ः ३० बजे मृृत्यु भयो ।