भेरीको भागमा १९८ भाइल रेमडिसिभिर

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७८, बिहीबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जले १९८ भाइल रेमडिसिभिर इन्जेक्सन पाएको छ । आयान हेल्थ केयर प्रा.लिले इन्सेप्टा फार्मास्युटिकल्स बंगलादेशबाट उत्पादित नीनाभीर इन्जेक्सन रेमडिसिभिर आयात गरेपछि यसअघि औषधी नपाएर खालि हात फर्किएको भेरीले १९८ भाइल औषधी पाएको हो ।

यसअघि काठमाडौं भित्रिएको औषधी नपाएपछि त्यही लिन भनि राजधानी गएका अस्पतालका फार्मेसी इन्चार्ज पदम अर्याल र फर्मासिस्ट दिनेश नेपाली रित्तो हात फर्किएका थिए । अस्पतालमा गम्भीर बिरामीहरुको उपचार भैरहेको छ । भेरीले ३००० भाइल रेमडिसिभिरको माग गरेको थियो ।

अस्पतालका फार्मेसी इन्चार्ज अर्यालले १९८ भाइल हामिले पाउने भन्ने खबर पाएको र त्यसलाई नेपालगन्ज चाडै ल्याउन गृहकार्य गरिरहेको बताए । संक्रमित बिरामीलाई प्रयोग गर्ने गरिएको इन्जेक्सन रेमडिसिभिर सर्टेज हुदा बिरामीहरु सास्ती खेप्न बाध्य छन् ।

यसैबिच कोभिडको सबै खाले बिरामीका लागि रेमडिसिभिर आवश्यक नपर्ने भएकाले चिकित्सकहरुले उपचार प्रोटोकल अनुसार मात्र सिफारिस गर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ।

अन्य कुन कुन अस्पतालले कति पाए:

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech